काठमाडौं– आसन्न मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ‘लौरो अभियान’ले प्रतिबद्धतापत्र (घोषणापत्र) सार्वजनिक गरेको छ।
आइतबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी लौरो अभियानले आफ्नो चुनावी घोषाणापत्र सार्वजनिक गरेको हो। प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा लौरो अभियानका संयोजक सुमन सायमिले देशको परिस्थिति र जनताको परिस्थितिलाई सुधार गर्न लौरो अभियान आउनुपरेको बताए।
उनले लौरो अभियानबाट देशभर दुई सय जनाको उम्मेदवारी रहेको र आफ्नो अभियान देखेर ठूला राजनीतिक दलहरू पनि डराइरहेको दाबी गरे।
घोषणापत्रमा स्वास्थ्यका विषय भने अलपत्र परेका छन्। घोषणापत्रको नि:शुल्क शिक्षा र स्वास्थ्य शिर्षकमा नि:शुल्क स्वास्थ्य सेवा प्रदान गरिने उल्लेख छ। योबाहेक खासै दिर्घकालीन योजना घोषणापत्रमा देखिँदैन।
'स्वस्थ नेपाल खुसि नेपालि स्वास्थ्य सबैका लागि स्वास्थ्य सधैका लागि कार्यक्रम गरी उच्च स्तरिय सेवा सुविधा सबै गाउँ टोलमा स्वास्थ्य बिमामार्फत पुर्याएर नेपाललाई तपोभुमिको रुपमा विकाश गर्ने', घोषणापत्रमा भनिएको छ, 'हिमालयको देश शिवको देश बुद्धको देश नेपालमा पाइला टेक्यो भने मात्र पनि पवित्र भन्छ रे सबै रोग ब्यथा हटेर शान्ति र खुसी मिल्छ रे भन्ने जस्तो भावना बनाउने।'
यो बाहेक स्वास्थ्यका ठोस योजना र कार्यक्रम लौरो अभियानले ल्याउन सकेको छैन।
यस्तो छ पूर्णपाठ: