काठमाडौ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था पुन जटिल बनेपछि भेन्टिलेटरमा राखेर उपचार हुँदै छ। केही समयअघिमात्र अस्पतालबाट डिस्चार्ज भएकी दाहालको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो।
प्रचण्डको सचिवालय अनुसार दाहाललाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ। अहिले उनको भेन्टिलेटरमा राखेर उपचार हुँदैछ।