काठमाडौं- देशभर थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थप ८ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको विवरण अनुसार २४ घण्टामा थप १ हजार ५४८ नमुना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो।
त्यस्तै, देशभर सक्रिय संक्रमितको संख्या ५७७ रहेको छ।