काठमाडौं- टिजिग फर्माका कार्यकारी निर्देशक शैलेश वैद्य ‘वर्ल्ड बुक अफ रेकर्डबाट सम्मानित भएका छन्।
‘वर्ल्ड बुक अफ रेकर्ड’ नेपाल च्याप्टरले नेपालमै पहिलो पटक क्यान्सरको औषधि उत्पादन गरी देश र जनताको लागि अमूल्य योगदान गरेको भन्दै निर्देशक वैद्यलाई सम्मान गरेको हो।
वैद्यलाई मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष भवानी राणाले सम्मान गरेकी हुन्।
टिजिगले औषधि व्यवस्था विभागबाट विभिन्न प्रकारका औषधि उत्पादन गर्न अनुमति पाएको छ। टिगिजले १० महिना क्यान्सरको औषधि उत्पादन गरी बजारमा पठाइरहेको छ।
यसैबीच स्वास्थ्य क्षेत्रमा योगदान दिएको भन्दै बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा भोला रिजाल, कोभिडका बेला योगदान दिएको भन्दै विष्णु भण्डारी, रोशनकुमार कोजु, क्याविनेट श्रेष्ठ लगायतलाईसमेत सम्मान गरिएको छ।