काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाँणले मंगलबार राति डोटीको पूर्वीचौकी गाँउपालिका वडा नम्बर-३ गैरागाउँमा केन्द्रविन्दु बनाइ गएको भूकम्पमा परी घाइते भएकाहरुको यथाशीघ्र अस्पतालसम्म पुर्याइ उपचारको व्यवस्था गर्न गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएका छन्।
घाइतेको उपचारका लागि हेलिकोप्टरको व्यवस्था गर्नु पर्ने भएमा तत्काल गर्न पनि गृह प्रशासनलाई गृहमन्त्री खाँणले निर्देशन दिएका हुन्। गृहसचिव विनोदप्रकाश सिंह, मन्त्रालयका सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेल र विपद् महाशाखा तथा सुरक्षा निकायलाई तत्काल घाइतेको उद्धार गर्न निर्देशन दिएका हुन्।
डोटीमा आएको भूकम्पले घर भत्काउँदा पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा घाइते भएका दुईजनालाई धनगढी रेफर गरेको छ। भूकम्पमा परेर अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।