काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थप १२ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको विवरण अनुसार २४ घण्टामा थप १ हजार २४९ नमुना परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो।
जसमध्ये काठमाडौँ उपत्यकामा ६ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, देशभर सक्रिय संक्रमितको संख्या ५६७ रहेको छ। २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ।