काठमाडौं- नेपाल मनोचिकित्सक संघले दुई दिने नवौं राष्ट्रिय सम्मेलन चितवनको सौराहामा सम्पन्न भएको छ। २ दिने सम्मेलनको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा। रोशन पोख्रेलले उद्घाटन गरेका थिए।
उद्घाटन समारोहमा बोल्दै डा पोखरेले मानसिक स्वास्थ्यमा आवश्यकता अनुसार काम हुन नसकेको बताए। उनले मानिसक स्वास्थ्यका क्षेत्रमा चिकित्सकहरुको योजना अनुसार सरकारले सहयोग गर्ने बताए।
नेपाल चिकित्सक संघका बरिष्ठ उपाध्यक्ष डा अनिलबिक्रम कार्कीले मानिसक स्वास्थ्यको क्षेत्रमा राज्यले ध्यान दिन जरुरी रहेको बताए। चिकित्सकहरुको मानसिक स्वास्थ्यमा ध्यान दिन नसक्दा युवा चिकित्सकहरुले आत्महत्या गर्ने गरेको उनले बताए।
सो अवसरमा बोल्ने बक्ताहरुले मानसिक रोगको उपचारका लागि बिशेषज्ञ चिकित्सकले मात्रै औषधि लेख्ने व्यवस्था मिलाउन अनुरोध गरेका छन्।