काठमाडौं- पूर्व युवराज्ञी हिमानी शाहको टन्सिलको शल्यक्रिया भएको छ। बिहीबार पूर्व युवराज्ञी शाहको ललितपुरस्थित मेडिसिटी अस्पतालमा टन्सिलको शल्यक्रिया भएको हो।
घाँटीमा समस्या देखिएपछि उनलाई बुधबार मेडिसिटी अस्पताल भर्ना गरिएको थियो। सबै परीक्षणपछि बिहीबार चिकित्सकहरुले पूर्वयुवराज्ञी शाहको टन्सिलको शल्यक्रिया गरेका हुन्।