काठमाडौं- किष्ट शिक्षण अस्पतालले ५१ जना बिरामीहरुको शतप्रतिशत सफलताका साथ मिर्गौला प्रत्यारोपण गरेको छ।
किष्ट अस्पतालको प्रत्यारोपण टोलीमा पूर्णकालिन रुपमा फिजिसियन, सर्जन, एनेस्थेसिया, डेन्टल, कार्डियोलोजिष्ट, प्याथोलोजिष्ट, साईकियाट्रिष्ट, चिकित्सक तथा तालिम प्राप्त नर्सिङ्ग सहितको मल्टिडिस्कीप्लीनरी टिम हेको छ। प्रत्यारोपण कार्यका लागि अस्पतालले छुट्टै डेडिकेटेट अर्गान ट्रान्सप्लान्ट विभाग स्थापना गरेको छ।
किष्ट शिक्षण अस्पतालले विगत ११ वर्ष देखि मिर्गोला रोगीहरुलाई हेमोडाईलासिस सेवा प्रदान गर्दै आईरहेकोमा गत ४ वर्षदेखि विपन्न नागरिकहरुलाई निःशुल्क सेवासमेत प्रदान गर्दै आईरहेको छ।
यस सेवाको साथसाथै किष्ट अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा विस्तारका लागि आफ्नो जनशक्ति एवं आवश्यक पूर्वाधार विकासमा साधन श्रोत जुटाएको छ। फलस्वरुप स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको अङ्ग प्रत्यारोपण समन्वय समितिको सचिवालयले मिति २०७७ फागुन १८ गते शिक्षण अस्पताललाई मिर्गोला प्रत्यारोपण कार्यको स्वीकृति प्रदान गरेको थियो।
किष्ट शिक्षण अस्पतालले मिति २०७८ बैशाख ८ गते पहिलो मिर्गोला प्रत्यारोपण सफलताका साथ सम्पन्न गरेको थियो। सर्वसाधारणले समेत सेवा लिन सकुन भनेर किष्ट शिक्षण अस्पतालले प्रत्यारोपण सम्बन्धी विभिन्न सेवाहरुमा हदैसम्मको न्यूनतम शुल्क राखी प्याकेजमा सेवा दिदै आएको छ।
हाल अस्पतालले निर्धारण गरेको प्याकेजको खर्च चार लाख पचास हजारबाट हुनुका साथै प्रत्यारोपण सेवा सुलभ हुनुका साथै प्रकृयालाई कसरी सहज र सरल बनाउन सकिन्छ भनेर अस्पतालले छुट्टै विभागको स्थापना गरेको छ।