काठमाडौं- एसोसिएशन अफ स्पाइन सर्जन अफ नेपालमा नयाँ कार्यसमिति चयन भएको छ। डा विनोद बिजुक्छेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएका हुन्। एसोसिएशनको आठौँ महाधिवेशन तथा निर्वाचनले डा बिजुक्छेको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो।
ग्रान्डी अस्पतालमा कार्यरत डा बिजुक्छे यसअघि कार्यसमितिको उपाध्यक्ष थिए।
यस्तै एसोसिएशनको उपाध्यक्षमा डा व्यापक पौडेल निर्वाचित भएका छन्। उनी पनि ग्राण्डी अस्पतालमा आवद्ध छन्।
महासचिवमा डा सुरज बज्राचार्य निर्वाचित भएका छन्। उनी किष्ट मेडिकल कलेजमा आवद्ध छन्।
यस्तै चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान (न्याम्स)मा कार्यरत डा ज्ञानेन्द्र शाह उपमहासचिव र बिएण्डबी अस्पतालमा कार्यरत डा राजेशकुमार चौधरी कोषाध्यक्षमा निर्वाचित भएका छन्।
सदस्यमा डा दीपक काउछा (बिएण्डबी अस्पताल), डा सुशील श्रेष्ठ (वीर अस्पताल), डा अनुप पोखरेल (झापा) र डा सुवासचन्द्र झा (नोवेल मेडिकल कलेज विराटनगर) निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत डा गणेश गुरुङले जानकारी दिए।
नेपालमा स्पाइन सर्जरीको विकास गर्ने उद्देश्यका साथ सन् २०१२ मा स्थापना भएको उक्त एसोसिएशनमा हाल देशभरका ८१ स्पाइन डाक्टर सदस्य छन्।