काठमाडौं - वीर अस्पतालले आफ्नो फार्मेसी सेवा थप विस्तार गरेको छ। बिरामीको सहजताका लागि भन्दै वीर अस्पतालले सर्जिकल भवनमा ओटी फार्मेसी सुरु गरेको हो।
अस्पतालका प्रमुख प्रशासकीय अधिकारी प्राडा भूपेन्द्र कुमार बस्नेतले उक्त फार्मेसीको आइतबार उद्घाटन गरेका छन्।
नक्सा विपरित रहेको अस्पताल अगाडी रहेका पाँच वटा फार्मेसी काठमाडौं महानगरपालिकाले हटाएपछि अस्पताल फार्मेसीको क्षमतालाई बढाउँदै लैजाने डा बस्नेतले बताएका थिए।
वीर अस्पतालले २०७३ साल माघ ५ गतेदेखि आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको हो। अस्पताल फार्मेसी सेवा निर्देशिका २०७२ ले सरकारले वितरण गर्ने निःशुल्क सबै औषधिहरु अस्पताल फार्मेसीबाट उपलब्ध हुनुपर्ने व्यवस्था गरेको छ।