ललितपुर- ललितपुरको एकान्तकुनामा अन्तराष्ट्रिय शैलीको औषधि तथा सौन्दर्य स्टोर, ट्रुकेयर फार्मेसी र ब्युटी स्टोर सञ्चालनमा आएको छ। शनिबार स्टोरको मेकअप आर्टिस्ट स्नेह राणाले उद्घाटन गरीन्।
ट्रुकेयर फार्मेसी र ब्युटी स्टोर कार्यकारी अधिकृत शाश्वत बज्राचार्यका अनुसार नेपालकै पहिलो अन्तर्राष्ट्रिय शैलीको फार्मेसी रहेको र औषधि र औषधिजन्य उत्पादनहरुका साथै स्थानीय तथा अन्तर्राष्ट्रिय ब्रान्डका सौन्दर्य, स्वास्थ्य, फिटनेस र वेलनेस उत्पादनहरू ग्राहकहरूले एउटै छाना मुनि पाउनेछन्।
छिट्टै रिटेल आउटलेटहरूको संख्या बढाउने योजना बनाएको बज्राचार्य बताउँछन्। उनी भन्छन्, “ग्राहकहरुलाई यो फरक र नयाँ अनुभव हुनेछ किनभने हामी वहाँहरुलाई साँच्चिकै विस्वस्तरको सेवा प्रदान गर्न चाहन्छौं। त्यसैले हामीले हाम्रो स्टोरको नाम ट्रुकेयर (साँचो सेवा) राखेका छौं।"