काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थप ३० जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको विवरण अनुसार २४ घण्टामा थप १ हजार ९८५ नमुना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो।
त्यस्तै, देशभर सक्रिय संक्रमितको संख्या ५१४ रहेको छ।