काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ मा उम्मेदवार बनेकी डा तोसिमा कार्कीविरुद्ध निर्वाचन आयोगले दर्ता गरेको निवेदन सोमबार सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ।
न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासमा कार्कीको उम्मेदवारीवारे बहस भइरहेको छ। कार्कीको उम्मेदवारी कायम रहने कि नरहने भन्नेबारे सोमबार टुंगो लाग्ने छ।
निर्वाचन आयोगले उनी लाभको पदमा रहेको भनी उम्मेदवारी खारेज गरेको थियो।
निर्वाचन आयोगको निर्णयविरुद्ध डा कार्की सर्वोच्च अदालत गएकी थिइन्। न्यायाधीश डा कुमार चुडालको इजलासले मेडिकल काउन्सिलको निर्वाचित सदस्यलाई लाभको पद भन्न नमिल्ने भनी उम्मेदवार कार्कीको पक्षमा अन्तरिम आदेश दिएको थियो।
उक्त आदेश त्रुटिपूर्ण भएको भन्दै निर्वाचन आयोग अन्तरिम आदेश हुनुपर्ने र आफ्नो निर्णय काम हुनुपर्ने माग राखी सर्वोच्च अदालत गएको हो।