काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थप २३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको विवरण अनुसार चौबिस घण्टामा थप १ हजार ४२५ नमुना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो।
त्यस्तै, देशभर सक्रिय संक्रमितको संख्या ४९९ रहेको छ।