काठमाडौं- नेपाल आयुर्वेद विद्यार्थी समाजको आयोजनामा सोमबार विश्व मधुमेह दिवस मनाइएको छ। मधुमेह रोग र यसको चिकित्सा एवं रोकथाममा आयुर्वेद र योगाभ्यासले खेल्न सक्ने भूमिकाको बारेमा सचेतना गराउने उद्देश्यकासाथ कार्यक्रम आयोजना गरिएको थियो।
सो अवसरमा मिनी म्याराथुन प्रतियोगिता पनि आयोजना गरिएको थियो। प्रतियोगितामा आयुर्वेद क्षेत्रका विद्यार्थी, शिक्षक एवं विज्ञहरू सहभागी थिए।
अच्युत मान सिंहको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको उक्त प्रतियोगितामा त्रिवि आयुर्वेद क्याम्पस तथा शिक्षण अस्पताल कीर्तिपुरबाट सुरु गरी ६.५ किलोमिटरको दौड पुरा गगरिएको थियो। प्रतियोगितामा सहभागी आयुर्वेद क्याम्पस तथा शिक्षण अस्पताल कीर्तिपुर, पतञ्जलि आयुर्वेद मेडिकल कलेज एवं अनुसन्धान केन्द्र धुलिखेल र केन्द्रीय आयुर्वेद क्याम्पस दाङका विद्यार्थीहरूमध्ये पुरुष तर्फबाट ङेमासिङ तामाङ, पदम राज जोशी र नविन शाक्य ले क्रमशः प्रथम, द्वितीय एवं तृतीय स्थान हासिल गरेक थिए।
यस्तै महिलातर्फ निलम लेखक, विभूषा काफ्ले र गङ्गा किबानायो ले क्रमशः प्रथम, द्वितीय एवं तृतीय स्थान हासिल गरे। साथै शिक्षकका तर्फबाट डा युगराज सापकोटा प्रथम भएका छन्।
अहिलेको समयमा अस्तव्यस्त जीवनशैली, आहार एवं विहारका कारण उत्पन्न हुने मधुमेह जस्ता असङ्क्रामक रोगहरू हरेक घर(परिवारमा व्याप्त भएको रयस्ता रोगहरू लागिसकेपछि औषधिको भर पर्नु भन्दा समयमै आयुर्वेदमा बताइएका दिनचर्या, रात्रि चर्या, ऋतु चर्या, पथ्य(हितकर) आहार एवं विहारको पालना गरी स्वास्थ्यको संरक्षण गर्नुपर्दछ र कुनै दिन विशेषमा भन्दा योगाभ्यास, प्राणायाम एवं व्यायामलाई आफ्नो नित्य जीवनशैलीमा अपनाएर मात्रै स्वस्थ आयुको कल्पना गर्न सकिने नेपाल आयुर्वेद विद्यार्थी समाजका अध्यक्ष डा योगेश ढकालले बताए।