काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रिक्त रहेको १२औं तहको अतिरिक्त स्वास्थ्य सचिव पदको बढुवा प्रक्रिया अघि बढाएको छ। मन्त्रालयमा १२औं तहको दुई वटा पद अहिले रिक्त छ।
बढुवा समितिले बुधबार सूचना जारी गर्दै रिक्त दुई पदमा बढुवाका लागि योग्यता पुगेका कर्मचारीसँग विवरण माग गरेको छ। समितिले विवरण बुझाउन १५ दिनको समय दिएको छ।
१२औं तहमा बढुवा हुनका लागि २०७९ असार मसान्तसम्म नेपाल स्वास्थ्य सेवा ऐनको दफा २६(१) बमोजिम सेवा अवधी पुरा भएका एघारौँ तहका अधिकृत कर्मचारीहरुले प्रतिस्पर्धा गर्न सक्नेछन्।
सूचनामा उनीहरुलाई मन्त्रालयको वेवसाइटमा रहेको बढुवा सम्वन्धी व्यक्तिगत विवरण फारम डाउनलोड गरी सम्बन्धित निकायबाट प्रमाणित गराई पेश गर्न भनिएको छ।
हेरौं सूचना