काठमाडौं- अभिनेता प्रदीप खड्काले काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापालाई भोट मागेका छन्। खड्काले गगनलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सार्दै भोट मागेका छन्।
'भावी प्रधानमन्त्रीको रुपमा आफूलाई जसरी दाबेदारी देखाइरहनुभएको छ। म यसमा विश्वस्त छु कि आउनुपर्ने र सम्हाल्नुपर्ने नयाँ पुस्ताले नै हो,’ प्रदीपले भनेका छन्।
खड्का केही दिनअघि अर्बपति कांग्रेस उम्मेदवार विनोद चौधरीलाई भोट माग्न नवलपरासी पुगेका थिए। यसअघि कलाकार केकी अधिकारीले पनि गगन थापाको पक्षमा भोट मागेकी थिइन्।