काठमाडौं- सरकारी प्रयोगशालाकर्मी संघले सातै प्रदेशका सम्पर्क व्यक्ति तोकेको छ। मंगलबार बसेको संघको बैठकले सातै प्रदेशका सम्पर्क व्यक्ति तोकेको हो।
जस अनुसार प्रणव कुमार यादव प्रदेश नं १, मनमोहन मिश्र मधेश प्रदेश, शंकर शाही बागमती प्रदेश, संजोग तिमिल्सेना गण्डकी प्रदेश, कल्पना घिमीरे लुम्बिनी प्रदेश, कलम कुमार थापा कर्णाली प्रदेश र राम प्रसाद ओझा सुदुरपश्चिम प्रदेशका संम्पर्क व्यक्ति तोकिएका छन्।
साथै प्रदेशमा कार्यरत सम्पुर्ण सरकारी प्रयोगशालाकर्मीलाई समेटि सदस्यता वितरण गर्न र तदर्थ समिति गठन गरी सम्बन्धित प्रदेशमा दर्ता तथा कार्यक्षेत्र विस्तारको प्रक्रिया अगाडी बढाउन संघले निर्देशन दिएको छ।