काठमाडौं- विराट नर्सिङ होमले प्रिम्याच्योरीटी दिवसका अवसरमा समय नपुगी जन्मेका बच्चाका अभिभावकहरुको लागि एक दिने निःशुल्क शिविर र सचेतना कार्यक्रम सम्पन्न गरेको छ। विराट अस्पतालमा तथा अन्य स्वास्थ्य केन्द्रहरुमा जन्मेका बच्चाहरु र तीनका अभिभावकहरुको सहभागितामा सचेतना कार्यक्रम भएको हो।
कार्यक्रमलाई उदघाटन गर्दे बिराट मेडिकल कलेजका अध्यक्ष डा ज्ञानेन्द्रमान सिंह कार्कीले समय नपुगी बच्चा जन्मनु आफैमा जोखिम भएको बताए। उनले यस्ता बच्चाहरु बचाउन सके तीनले नै बढी राज्यको सेवा गर्ने र तिखो दिमाग हुने उनले बताए।
२८ देखि ३७ हप्ताबीचमा २ केजी भन्दा कम तौलमा बच्चा जन्मनुलाई प्रिम्याच्योरीटी अबस्थामा जन्मनु हो। जन्मेपछि उच्चस्तरीय बाल सघन कक्ष चाहिन्छ। पुर्बाञ्चलमै सबै भन्दा प्रविधियुक्त नबजात शिशु सघन कक्ष बिराट नर्सिङ होममा मात्रै उपलब्ध छ।
मासिक ८ देखि १० जना यस्तो समस्या भएको बच्चाहरु बिराट नर्सिङ होममा मात्रै जन्मने गरेको उनले बताए। प्रदेश १, मधेस प्रदेशका साथै भारतका विभिन्न स्थानबाट उपचार गर्न विराटमा आउने गरेको बाल विशेषज्ञ डा दिपराज उपाध्याय अधिकारीले बताए।
बिराट नर्सिङ होमले बिराट अँंखा अस्पतालसँगको सहकार्यमा समय अगाडि जन्म भएका बच्चाहरुमा हुने अन्धोपनबाट जोगाउन सकिने उपायका बारेमा सचेतना पनि चलाएको छ। ६ सय बच्चाहरुमध्ये १ सय ४० जनामा यस्तो समस्या हुने तथ्यांक रहेको आँखा अस्पतालका डा ललित अग्रवालले बताए। कार्यक्रममा नसिंङ होमका डाइरेक्टर डा शुसिल तपरिया, प्रशासन प्रमुख पदम बिनाडी लगायतले बोलेका थिए।
![315495944_458040696434717_1715140889654175006_n1668754307.jpg](https://swasthyakhabar.com/uploads/posts/315495944_458040696434717_1715140889654175006_n1668754307.jpg)
![316210342_691928822329073_4931077960735165022_n1668754360.jpg](https://swasthyakhabar.com/uploads/posts/316210342_691928822329073_4931077960735165022_n1668754360.jpg)
![nn1668754447.jpg](https://swasthyakhabar.com/uploads/posts/nn1668754447.jpg)