काठमाडौं- पोखराको पश्चिमाञ्चल डाइग्नोष्टिक एन्ड रिसर्चले सेन्टर ‘बी’ ग्रेडको अनुमति पाएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ल्याबलाई ‘बी’ ग्रेड प्रयोगशालाको अनुमति दिएको हो।
जनस्वास्थ्य प्रयोगशालाले अनुगमन गर्दा ‘स्वास्थ्य प्रयोगशाला स्थापना तथा संचालन मापदण्ड निर्देशिका ०७३ अनुसार मापदण्ड पूरा गरेको पाइएको थियो। सो अनुसार बी क्याटेगोरी प्रयोगशाला संचालन गर्न दिइएको बताइएको छ।
जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक रुना झाले एक पत्रमार्फत २०८४ बैसाख सम्मका लागि अनुमति जारी गरिएको बताइन्।