काठमाडौं- तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं ०३ अन्तर्गतको आँबुखैरेनी स्वास्थ्यचौकीको स्तरोन्नती भएको छ। स्वास्थ्यचौकीबा स्तरोन्नति गरी १५ शय्याको अस्पतालमारुपान्तरण गरिएको छ।
गाउँपालिका अध्यक्ष शुक्र चुमानले उक्त अस्पतालकोे शुभारम्भ गरेका छन्। अस्पतालबाट तनहुँ, गोरखा, चितवनको ईच्छाकामना, मुग्लिङ लगायतका नागरिकले सेवा पाउने छन्। अस्पतालमा ओपीडी, यूयसजी,एक्सरे, ल्याब, खोप लगाएतका सेवाहरु उपलब्ध छन्।