काठमाडौँ- पछिल्लो २४ घण्टामा देशभर थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थप १७ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ७७८ नमुना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको हो।
त्यस्तै, देशभर सक्रिय संक्रमितको संख्या ४४४ रहेको छ।