काठमाडौं- मतदानका लागि लाइनमा बसेका एक मतदाताको मृत्यु भएको छ। तेह्रथुमको लालीगुराँस नगरपालिका-८ स्थित रत्न मावि मतदान केन्द्रमा लाइन बसेका ८८ वर्षीय योङहाङ दीप लिम्बूको मृत्यु भएको हो।
मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलका अनुसार उनी बिहानै मतदानका लागि परिवारसहित मतदान केन्द्र पुगेका थिए।तेह्रथुममा सीता गुरुङ र विजय सुब्बा प्रतिनिधि सभामा उम्मेदवार छन्।