म्याग्दी- प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन अन्तरगत म्याग्दीमा १०७ वर्षीय वृद्धले मतदान गरेका छन्।
मालिका गाउँपालिका–२ रुमका जसमनी कामीले राष्ट्रिय माविको (क) मतदान केन्द्रबाट मतदान गरेको मतदान अधिकृत इश्वरबहादुर भण्डारीले जानकारी दिए।
म्याग्दीका १२० वटै मतदान केन्द्रमा आइतबार बिहान ७ बजेदेखि मतदान भइरहेको छ । ६ स्थानीय तह र ४५ वटा रहेको म्याग्दीमा ८६ हजार जना मतदाता छन्।
प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई वटा निर्वाचन क्षेत्र छन्। १९ जना उमेद्वार प्रतिस्पर्धामा छन्। सर्वसाधारणहरु उत्साहका साथ मतदानका लागि मतदान स्थलमा पुगेका छन्।