काठमाडौं- डा भोजराज अधिकारीले चितवन क्षेत्र नम्बर ३ स्थित मतदान केन्द्रबाट मतदान गरेका छन्। नेकपा माओवादी केन्द्रले भरतपुर अस्पतालका अध्यक्ष समेत रहेका डा भोजराज अधिकारीलाई चितवन क्षेत्र नम्बर ३ मा उम्मेदवार बनाएको छ।
डा अधिकारीले यसअघि माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन जितेको क्षेत्रबाट टिकट पाएका हुन्।