काठमाडौं- बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर–७ मा सुरक्षाकर्मीले चलाएको गोलीबाट एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा उक्त नगरपालिका वडा नं ७ का २७ वर्षीय सञ्जीव अयडी छन्। उक्त घटनामा ६ जनाभन्दा बढी घाइते भएका छन्। मृतक अयडीका साथै घाइते ५ जनाको उद्धार गरी नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत लगिएको छ।
नेपाली कांग्रेस र एमाले कार्यकर्ताबीच पटक-पटक झडप भएपछि प्रहरीले गोली चलाएको जनाएको छ।