काठमाडौं- चितवन क्षेत्र नम्बर ३ मा दिउँसोदेखि मतगणना सुरु हुँदैछ। चितवन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रबाट डा भोजराज अधिकारी, जनता समाजवादी पार्टी नेपालबाट काशीम मिया, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बिक्रम पाण्डे उठेका छन्।
यस्तै चितवन क्षेत्र नम्बर २ मा पनि मतगणना दिउँसो १ बजेदेखि सुरु हुँदैछ। त्यहाँ नेकपा एमालेबाट कृष्णभक्त पोख्रेल, नेपाली कांग्रेसबाट पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने उम्मेदवार उठेका छन्।