काठमाडौं- काठमाडौं क्षेत्र नम्बर ४ मा पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले अग्रता लिएका छन्। मध्यान्न १२ बजेसम्मको मत गणना अनुसार कांग्रेसका उम्मेदवार थापाले ६६८ मत ल्याएका छन्।
उनका प्रतिस्पर्धी नेकपा एमालेका राजन भट्टराईले ६३३ मत ल्याएका छन्।
काठमाडौं ४ मा अहिले बुढानिलकण्ठ नगरपालिकाको मत गणना हुँदै छ।