धनगढी– कैलाली क्षेत्र नम्बर १ अन्तर्गत प्रतिनिधि सभाको प्रारम्भिक मतपरिणाम प्राप्त भएको छ। केही समय अगाडि भएको मतगणनाको प्रारम्भिक परिणामअनुसार नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठ चौधरीले सुरुवाती अग्रता लिएकी छन्।
१०० मत गणना हुँदा नागरिक उन्मुक्ति पार्टीकी रञ्जिताले ३३ मत ल्याएकी छन्। सत्ता गठबन्धनबाट नेपाली कांग्रेस उम्मेदवार तथा पूर्व स्वास्थ्यमन्त्री रामजनम चौधरी २७ मत ल्याएर पछ्याइरहँदा नेकपा एमालेका उम्मेदवार तपेन्द्र बहादुर रावलले २३ मत पाएका छन्।
कैलाली १ मा राप्रपाका उम्मेदवार लोकेन्द्र कुँवरले ९, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टंक प्रसाद जैशी (ढुंगाना)ले ४ मत ल्याएका छन्। यस्तै, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार धन बहादुर मगरले १ मत पाएका छन्।