काठमाडौं-काठमाडौं- ४ मा कांग्रेस उम्मेदवार गगन थापाले मतान्तर बढाएका छन्। प्रारम्भिक मत गणनामा उनी एमालेका उम्मेदवार राजन भट्टराईभन्दा ४०९ मतले अगाडि छन्।
यस्तो छ पछिल्लो मत विवरण-
गगन थापा/कांग्रेस- १३५८
राजन भट्टराई/एमाले- ९४९
अहिलेसम्म २७०५ मत गणना गरिएको छ। यस निर्वाचन क्षेत्रमा २०७० र २०७४ मा थापा नै विजयी भएका थिए। २०७४ मा उनले भट्टराईलाई नै पराजित गरेका थिए।