काठमाडौं- सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा पूर्व स्वास्थ्य मन्त्री उपेन्द्र यादवभन्दा सिके राउत दोब्बर मतले अघि छन्।
जनता समाजवादी पार्टीका यादवलाई ९६४ मतले पछि पार्दै जनमत पार्टीका उम्मेदवार सिके राउत १ हजार ६३४ मतका साथ पहिलो स्थानमै छन्।
पूर्व स्वास्थ्यमन्त्री यादव ६७० मतका साथ दोस्रो स्थानमा छन्। लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले ४९१ मत प्राप्त गरेका छन्।