काठमाडौं– सप्तरी-२मा जनमत पार्टीका अध्यक्ष सिके राउत १८ सय बढी मत अन्तरले जसपाका उपेन्द्र यादवभन्दा अघि देखिएका छन्।
राउतले ३ हजार ६ मत ल्याउँदा पूर्व स्वास्थ्यमन्त्री समेत रहेका जसपा अध्यक्ष यादवले ११ सय ७० मत ल्याएका छन्। यसैगरी लोसपा नेता जयप्रकाश ठाकुरले ६ सय ६१ मत ल्याएका छन्।
मतगणना अघिअ बढेसँगै राउतले लागातार मतान्तर बढाउँदै लगेको छ।