काठमाडौँ- लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको संक्रमणबाट नेपालमा हालसम्म ६० जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म देशभर ६० जना संक्रमितको मृत्यु भएको हो।
त्यसैगरी ५२ हजार ५५७ जनामा संक्रमण पुष्टि भएको छ। देशका ७७ वटै जिल्लामा डेंगु संक्रमण फैलिएको छ।
एडिज प्रजातिको लामखुट्टेबाट सर्ने डेंगु नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए। त्यस यता नेपालमा बर्षेनी डेंगुका बिरामी फेला परेका छन्।