काठमाडौं- चितवन क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ। उक्त क्षेत्रमा माओवादी केन्द्रका डा भोजराज अधिकारी, जनता समाजवादी पार्टी नेपालका काशीम मिया, राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बराल,राष्ट्रिय प्रजातन्त्र पार्टीका बिक्रम पाण्डे प्रतिस्पर्धामा छन्। यो क्षेत्रमा भरतपुर अस्पतालका अध्यक्ष समेत रहेका डा भोजराज अधिकारी र नर्स जिता बराल चुनावी दाैडमा छन्।
निर्वाचन क्षेत्र नम्बर ३ मा प्रत्येक वडाको छुट्टा छुट्टै गणना हुनेछ। चितवन क्षेत्र नम्बर १ र २ पनि मतगणजना जारी छ। क्षेत्र नम्बर १ मा नेपाली काग्रेसका विश्वनाथ पौडेल, क्षेत्र नम्बर २ मा नेकपा एमालेका कृष्णभक्त पोख्रेल अग्रस्थानमा रहेका छन्।