काठमाडौं- ललितपुर क्षेत्र नम्बर ३ मा डा तोसिमा कार्कीको अग्रता कायमै छ। नेकपा एमालेका उम्मेदवार अमृत खड्कालाई २९७ मतान्तरले पछि पार्दै उनी अगाडि बढेकी हुन्।
तोसिमाले २ हजार १८२ मत ल्याएकी छिन् भने उनका प्रतिस्पर्धी एमालेका खड्काले १ हजार ८८५ मतका साथ दोस्रो स्थानमा छन्।
त्यस्तै, सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी पम्फा भुसाल १ हजार १९९ मतका साथ तेस्रो स्थानमा छिन्।