काठमाडौं – काठमाडौं क्षेत्र नंबर ४ मा कांग्रेस उम्मेदवार गगन कुमार थापाले आफ्ना निकटतम प्रतिद्वन्दी एमालेका राजन भट्टराईलाई १५४८ मतले पछि पारेका छन्। सोमबार साँझसम्ममा बुढानिकलकण्ठ नगरपालिकाका वडन नंबर १,२,८ ९, र १० सम्मको मत गणना गर्दा थापाले मतान्तर बढाउँदै लगेका हुन्।
पछिल्लो मतगणनाको परिणाम अनुसार पूर्व स्वास्थ्यमन्त्री गगन थापाले ६ हजार ९७५ मत र एमाले उम्मेदवार राजन भट्टराईले ५ हजार ४२७ मत प्राप्त गरेका छन्।