काठमाडौं- पूर्व स्वास्थ्यमन्त्री समेत रहेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतो गठबन्धनका उम्मेदवारभन्दा पछाडि परेका छन्।
सर्लाही क्षेत्र नम्बर २ मा महतोसँग गठबन्धनबाट नेपाल समाजवादी पार्टीका महेन्द्र यादव प्रतिस्पर्धामा छन्। यादवले महतोभन्दा १९ मत बढी ल्याएका छन्।
माओवादी चुनाव चिन्हबाट उम्मेदवार बनेका यादब सतागठबन्धनका उम्मेदवार हुन्। महतोलाई यादबले यहि निर्वाचन क्षेत्रमा दोस्रो संविधानसभा निर्वाचनमा पनि पराजित गरेका थिए।
हेरौं प्रारम्भिक मत
महेन्द्र यादव- ४२४
राजेन्द्र महतो - ४०५
राजनारायण साह - १०८