काठमाडौं– काठमाडौं क्षेत्र नंबर ४ मा कांग्रेस उम्मेदवार गगन कुमार थापाको अग्रता कायमै छ। पूर्व स्वास्थ्यमन्त्री थापाले आफ्नो निकटतम प्रतिद्वन्दी एमालेका राजन भट्टराईलाई २ हजार १३१ मतले पछि पारेका छन्।
सोमबार राती १० बजेसम्ममा बुढानिकलकण्ठ नगरपालिकाका वडा नम्बर १,२,८ ९, १० र ११ को मत गणना गर्दा थापाले मतान्तर बढाउँदै लगेका हुन्।
पछिल्लो मतगणनाको परिणाम अनुसार पूर्व स्वास्थ्यमन्त्री गगन थापाले ८ हजार ७८६ मत र एमाले उम्मेदवार राजन भट्टराईले ६ हजार ६५५ मत प्राप्त गरेका छन्।