काठमाडौं- चितवन क्षेत्र नम्बर २ मा एमालेको अग्रता कायमै छ। नेकपा एमालेका कृष्णभक्त पोख्रेल १ हजार ५६६ मतका साथ अग्रस्थानमा छन्।
नेपाली कांग्रेसका उमेश श्रेष्ठ १ हजार ३३४ मतका साथ पोख्रेललाई पछ्याई रहेका छन्। श्रेष्ठ पूर्व स्वास्थ्य राज्यमन्त्री हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने ८२६ मतका साथ तेस्रो स्थानमा छन्।
मंसिर ४ गते भएको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा चितवन क्षेत्र नम्बरमा १० हजार ४६८ मत खसेको थियो। जसमध्ये हालसम्म ३ हजार ९५१ मत मात्र गणना भएको छ।