काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ४ मा बूढानिलकण्ठ नगरपालिकाका वडाको गणना सकिएको छ।
जसअनुसार कांग्रेसका उम्मेदवार गगन थापाले झण्डै ३ हजारको अग्रता लएका छन्।
पूर्व स्वास्थ्यमन्त्री थापाले ११ हजार ९८४ ल्याउँदा एमालेका डा राजन भट्टराईले ९ हजार २६८ मत ल्याएका छन्। थापा भट्टराईभन्दा २ हजार ७१६ मतले अघि छन्।
अब महानगरपालिकाभित्र मतगणना सुरु भएको छ।
