काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ४ मा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले फराकिलो मतले अग्रता लिएका छन्। थापाले उनको प्रतिस्पर्धी एमालेका राजन भट्टराईभन्दा ५ हजार ९९६ मत बढी ल्याएर अग्रता लिएका छन्।
मंगलबार बिहान ९ बजेसम्मको मतगणना अनुसार पूर्व स्वास्थ्यमन्त्री थापाले १९ हजार १० मत ल्याएका छन् भने एमालेका भट्टराईले १३ हजार १४ मत ल्याएका छन्।
