काठमाडौं- नवलपरासी पश्चिम क्षेत्र नं १ मा सत्ता गठबन्धनका उम्मेदवार विनोद चौधरी १७१ मतान्तसहित अघि लागेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीलाई पछि पार्दै उनी अघि लागेका हुन्। त्यस्तै जनता प्रगतिशील पार्टीका पूर्व स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी तेस्रो नम्बरमा छन्।
पछिल्लो मतपरिणाम अनुसार चौधरीले ४ हजार ८५७ मत पाएका छन् भने ठकुरीले ४ हजार ६८६ मत ल्याएका छन्। त्यसैगरी त्रिपाठीले ३ हजार ४०२ मत पाएका छन्।