काठमाडौं- सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेतको अग्रता कायमै छ।
उनलाई नेकपा एमालेका पूर्व स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले पछ्याइरहेका छन्। उनीहरुबीच १ हजार ७१५ मतान्तर छ।
हालसम्म बस्नेतले ५ हजार १५१ मत प्राप्त गरेका छन् भने तामाङले ३ हजार ४३६ प्राप्त गरेका छन्। त्यस्तै राप्रपाका नरसी श्रेष्ठ २६३ मतसहित तेस्रो स्थानमा छन्।