काठमाडौं- रुपन्देही क्षेत्र नं ३ मा पूर्व स्वास्थ्यमन्त्री राप्रपाका दीपक बोहोराको अग्रता कायमै छ। बोहोराले सत्ता गठबन्धनका उम्मेदवार बालकृष्ण खाणलाई पछि पार्दै अगाडी बढीरहेका छन्।
हालसम्म बोहोराले ६ हजार ३७३ मत प्राप्त गरेका छन्। त्यस्तै खाणले ५ हजार १२४ मत पाएका छन्।
त्यस्तै, नागरिक उन्मुक्ति पार्टीका तुल्सीप्रसाद थारु ४९१ भोट सहित तेस्रो नम्बरमा छन्।