काठमाडौं– सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतको अग्रता कायमै छ। राउत पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव भन्दा दोब्बर मतले अग्रस्थानमा छन्। पछिल्लो मतपरिणाम अनुसार राउतले १६ हजार ७०२ मत प्राप्त गरेका छन्।
पूर्व स्वास्थ्यमन्त्री यादवले ८ हजार ५५ मत ल्याएका छन्। यस्तै लोसपाका जयप्रकाश ठाकुरले ३ हजार ४४८ मतका साथ तेस्रो स्थानमा छन्।