काठमाडौं- चितवन क्षेत्र नम्बर २ मा रवि लामिछानेले झन्डै १ हजार मतको अग्रता हासिल गरेका छन्। दिउँसो साढे ४ बजेसम्मको मत गणना अनुसार लामिछानेले ५ हजार १३२ मत पाएका छन्।
दोस्रो स्थानमा एमालेका कृष्णभक्त पोखरेलले ४ हजार १८० मत पाएका छन् भने तेस्रो स्थानमा कांग्रेसका उम्मेदवार पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले ३ हजार ७०६ मत पाएका छन् ।