भैरहवा– रुपन्देही–३ मा दीपक बाेहराकाे अग्रता कायम रहेकाे छ। १४ हजार ७ सय ५५ मत गणना हुँदा बाेहराले ५ हजार ६ सय ५७ मतसहित अग्रता कायम गरेका छन्। उनकाे निकटम प्रतिद्वन्द्वी बालकृष्ण खाणले ४ हजार ९ सय १० मत प्राप्त गरेका छन्।
राप्रपाका नेतासमेत रहेका पूर्वमन्त्री बाेहरालाई एमाले र जसपाकाे समर्थन छ। यता गृहमन्त्री समेत रहेका खाणलाई कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा लगायतले समर्थन गरेका छन्।