काठमाडौं– चितवन क्षेत्र नम्बर २ मा जारी मतगणनाको पछिल्लो परिणाम प्राप्त भएको छ। पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले आफ्नो अग्रता बढाउँदै लगेका छन्।
२७ हजार ४९४ मत गणना हुँदा स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछाने प्रतिस्पर्धी उम्मेदवारभन्दा दोब्बर मतले अगाडि छन्।
रविले १३ हजार ६४१ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण भक्त पोख्रेलले ६ हजार २४९ मत ल्याएका छन्। नेपाली कांग्रेसका उमेश श्रेष्ठ भने तेस्रो स्थानमा छन्। पूर्व स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले ५ हजार ९४३ मत ल्याएका छन्।