काठमाडौं– सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष चन्द्र कान्त (सिके) राउतको जित सुनिश्चित भएको छ।
५० हजार ५४४ मत गणना हुँदा राउतले प्रतिस्पर्धी उम्मेदवारसँग १३ हजार ४४ मतको अग्रता बनाएका छन्।
राउतले २७ हजार ४७७ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको १३ हजार ६८४ मत छ। यादव पूर्व स्वास्थ्यमन्त्री हुन्। राउतसँग १३ हजार ४४ मत पछाडि परेका यादवको हार निश्चित भएको हो।
अब १३ हजार ८५० मत गणना गर्न बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।